Skip to content

सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन सम्बन्धी विधेयक पारित

कैलाली /जेठ,२०
सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित भएको छ। सोमवार बसेको प्रदेश सभाको बैठकबाट विद्येयक पारित भएको हो।

सभामुख भीमबहादुर भण्डारीले प्रदेश भित्रका स्थानीय तहमा कर्मचारीको व्यवस्थापन र सेवा प्रवाहका लागि आवश्यक भएकाले विधेयक तयार गरेर प्रदेश सभाबाट पारित गरिएको उद्घोष गरेका थिए। गत वर्ष प्रदेश सभामा पेस भएको विधेयक संशोधनसहित बहुमतले पारित भएको हो। प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरूले भने विधेयक पारित हुने बेला प्रदेश सभाको बैठक बहिष्कार गरेका थिए।

About The Author