Skip to content

टीकापुरबाट वहु विवाह मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

वैशाख १५/लम्की
कैलालीको टीकापुरबाट वहु विवाह मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको मिति २०७९ असार १३ गतेको फैसलाले वहु विवाह मुद्दामा ११ महिना ६ दिन कैद सजाय र १० हजार जरिवाना तोकिएका टीकापुर नगरपालिका–२ बस्ने ३१ वर्षीय राम थारु र २८ वर्षकी मिना चौधरी पक्राउ परेका हुन्। दुबै जनालाई इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले आइतवार उनीहरुकै घरबाट पक्राउ गरेको हो।

 

About The Author