4.5kViews
1038
Shares
वैशाख १४/लम्की
कैलालीको टीकापुरमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ। टीकापुर नगरपालिका वडा १ का ४० वर्षीय विष्णु चौधरीको शनिवार रुखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। शनिवार दिउँसो लिप्टिसको हाङ्गाकाट्नेक्रममा खसेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार चौधरीको नेपालगञ्ज सेवा नर्सिङ होममा मृत्यु भएको हो।