Skip to content

कर्णालीका मुख्यमन्त्री कँडेललाई मोबाईल व्यवसायी महासंघले बुझायो ध्यानाकर्षण पत्र

चैत ७ /सुर्खेत
नेपाल मोबाईल ब्यवसायी महासंघ कर्णाली प्रदेशले प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कँडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ।

महासंघका कर्णाली प्रदेश अध्यक्ष भरत रावलको नेतृत्वमा मुख्यमन्त्री कार्यालय गएको टोलीले मोबाईल व्यवसायीहरुका विभिन्न समस्याहरुका बारेमा ध्यानाकर्षण गराएको छ ।

महासंघले ब्यवसायीको समस्या समाधानको माग गर्दै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सात वटै प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको महासंघ कर्णालीका अध्यक्ष भरत रावलले संघीय न्युजलाई जानकारी दिएका छन्।

महासंघले पुराना मोबाइल खरिदबिक्री तथा मर्मतका समयमा प्रहरी प्रसाशनबाट दु:ख भोग्नु परेको तथा मोबाइल लक अनलकमासमेत बिनाकारण ब्यवसायी फस्ने गरेको भन्दै झन्झट मुक्त वातावरणको माग गर्दै मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाइएको हो।

यसैगरी गृहमन्त्री र गृहसचिवलाईसमेत केही दिनमा नै महासंघ केन्द्रले बनाएको ब्यवसायी-सुरक्षा निकायबिचको सहकार्यसम्बन्धी ड्राफ्ट बुझाउने कार्यक्रम छ। सो ड्राफ्ट ब्यवहारमा कार्यान्वयन हुँदा ब्यवसायी र प्रहरीबिच सहकार्य गरेरै समस्या समाधानमा बाटो खुल्ने महासंघको दाबी छ।

About The Author