Skip to content

कैलालीको मोहन्याल गाउँपालिकामा युवा स्वरोजगार तालिम सुरु

फागुन ४ /लम्की
कैलालीको मोहन्याल गाउँपालिकामा ५० दिने रोजगार सेवामूलक तालिम सुरु भएको छ । मोहन्याल गाउँपालिका रोजगार सेवा केन्द्रको आर्थिक सहयोगमा सञ्चालन भएको इलेक्ट्रिक र म्यासन तालिम आइतबार बाट पालिकाको वडा न.३ फलेबिसौनमा सुरु भएको हो । प्रधानमन्त्री रोजगार तालिम अन्तर्गतको यो तालिममा ४० जान युवायुवतीहरू सहभागी भएका छन् । क्वालिटी मल्टीप्रयोज प्रा.लि. ले ५ लाखा ४० हजारमा सम्झौता गरेको यो तालिममा सहभागी हुने ४० जना प्रशिक्षार्थीहरूले दैनिक ६ सय ६८ रुपैयाँका दरले ४० दिन सम्मको ज्याला समेत पाउँने छन् ।

मोहन्याल जस्तो भौगोलिक विकटता भएको पालिकामा सबैलाई रोजगारी दिन नसकिएता पनि यो तालिमले सबैलाई आत्मनिर्भर बनाउने आफू विश्वस्त रहेको मोहन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्यायले बताएका छन् ।
मोहन्याल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रुपेश शर्मा बरालले यो तालिमले रोजगारीको सिर्जना हुने बताएका छन् ।
मोहन्याल गाउँपालिका रोजगार सेवा केन्द्रका प्रमुख एकेन्द्र भण्डारीले मोहन्याल गाउँपालिकाको आवश्यकता आधारमा इलेक्ट्रिक र म्यासन तालिमको छनोट गरिएको बताएका छन् । उनले भने हाम्रो पालिका बिद्युतीकरण भइरहेका छ यो सिपले चाँडो भन्दा चाँडो रोजगारी सिर्जना गर्नमा सहयोग गर्ने छ ।
कार्यक्रममा मोहन्याल गाउँपालिका वडा न।२ का अध्यक्ष जयप्रकाश मल्ल,वडा न।७ का अध्यक्ष नवराज कठायत लगायतले मन्तव्य राखेका थिए ।

About The Author