माघ २३ /लम्की
कैलालीको जानकी गाउँपालिको १५ औं गाउँसभा सम्पन्न भएको छ। “शिक्षा, स्वास्थ्य, कृषि र बातावण मैत्री पूर्वाधार, पहिचान सहितको जानकी गाउँपालिका विकासको मूल आधार” मुल नारा रहेको पालिकाको गाउँसभा बुधबार सम्पन्न भएको हो ।
जानकी गाउँपालिकाको १५औँ गाउँ सभाले नगरप्रहरी सम्बन्धी विधेयक, स्थानिय बजार व्यवस्थापन तथा अनुगमन, सुचिकृत मेलमिलापकर्ताको सुची, आर्थिक बेरुज र बड्घर भलमन्सा प्रणाली संरक्षण, प्रबद्र्धन र विकास गर्न बनेको विधेयक पारित गरेको छ।
गाउँ सभामा स्थानिय बजार व्यवस्थापन तथा अनुगमन विधेयक, नगर प्रहरी विधेयक, बड्घर भल्मन्सा प्रणाली संरक्षण प्रवद्र्धन विकास गर्नका लागि बनेको विधेयकलाई विद्यायन सभाका संयोजक तथा वडा नं.१ का वडा अध्यक्ष सुरेश चौधरी, आर्थिक वर्ष २०८१र०८२ मा सुचकिृत मेलमलिापकर्ताको सुची उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक लालमति कठरयिा र आर्थिक बेरुजु सम्बन्धी लेखा समिति संयोजक तथा वडा नं. ३ का वडा अध्यक्ष सुरेश चौधरीले प्रस्तुत गरेका थिए ।