2.4kViews
1291
Shares
माघ २२ /लम्की
कैलालीको लम्कीचुहा नगरपालिका वडा न.३ स्थित गोरंगेमा बस दुर्घटना भएको छ । काठमाडौँ देखि धनगढी तिर आउँदै गरेको शिवपुरी यातायात प्रा.लि.को सु.प.प्र.०४-००१ ख ००२ नम्बरको बस बिहान १०.४५ बजेतिर दुर्घटना भएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।
४० जना यात्रु सवार बस दुर्घटनामा परी ४ जना यात्रु सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय चिसापानीले संघीय न्यूजलाई जानकारी दिएको छ । नाइराइड भाँचिएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।