6.4kViews
1837
Shares
माघ १४/ लम्की
नेपाल निजामती कर्मचारी संंगठन कैलालीको अध्यक्षमा खकेन्द्र रावल निर्वाचित भएका छन् । माघ १२ गते धनगढीमा सम्पन्न भएको संगठनको १२औँ जिल्ला अधिवेशनबाट रावल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन । समितिको उपाध्यक्षमा सर्मिला बस्नेत,सचिवमा तारामान रावल,सह सचिवमा बिक्रम खड्का र कोषाध्यक्षमा विष्णु बहादुर खत्री सहित १९ सदसिय जिल्ला समिति सर्वसम्मत निर्वाचित भएको अध्यक्ष रावलले जानकारी दिएका छन् ।
संगठनको केन्द्रिय प्रतिनिधीमा बाल कुमारी चौधरी,पुर्ण बहादुर बिष्ट,नरेश बिष्ट नवराज भट्ट र लक्ष्मणराज जोशी निर्वाचित भएका छन् त्यस्तै प्रदेश प्रतिनिधीमा लक्ष्मी कुमारी जोशी,पदम बहादुर रौले,धौले सार्की,राम बहादुर धामी र नयराम साउद निर्वाचित भएका छन् ।