Skip to content

कैलालीको जोशिपुरमा सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ

माघ १४/ कैलाली
कैलालीको जोशिपुरमा किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जोशीपुर गाउँपालिका वडा न.६ बस्ने १५ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका वडा न.१ का १८ वर्षीय सुमन डगौरा र १८ वर्षकै कुशल चौधरी रहेको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ । बलात्कारमा संलग्न रहेको आरोप लागेका अन्य दुई जना भने भारततर्फ भागेको प्रहरीले जनाएको छ । भारत भाग्नेमा १८ वर्षीय राजकुमार चौधरी र १९ वर्षीय आशिक चौधरी रहेका छन् ।

उनीहरू चार जनाले किशोरीमाथि २२ मंसिरमा सामूहिक बलात्कार गरेपनि ‍ढिलो गरी खबर आएको प्रहरीले जनाएको छ । उनीहरूविरूद्ध जबरजस्तीकरणी शीर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

About The Author