3.8kViews
1408
Shares
पुष २९/कैलाली
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुदूरपश्चिम प्रदेश सह-महामन्त्रीमा करिश्मा कठरिया चयन भएकी छन्। यही पौष २७ र २८ गते कैलालीको धनगढीमा बसेको रास्वपाको पूर्ण बैठकले पार्टीको संशोधित विधानअनुसार कठरियालाई सह-महामन्त्रीमा सर्वसम्मत चयन गरेको हो। उनी यसअघि नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सह-सचिव थिइन्।