4.5kViews
1254
Shares
पुष १५ /लम्की
नेकपा माओवादी केन्द्र बर्दगोरिया गाउँ कमिटीको अध्यक्षमा रामकृष्ण डंगौरा थारु (रञ्जित) निर्वाचित भएका छन् । गाउँ कमिटीको तेस्रो गाउँ अधिवेशनबाट रञ्जित अध्यक्षमा निर्वाचित भएका हुन । रञ्जितले २८ मत प्राप्त गरी विजयी हुँदा अर्का अध्यक्षका उम्मेदवार कौष बहादुर महत्तराले ३ मत प्राप्त गरेको निर्वाचन अधिकृत शिवराज गौतमले जानकारी दिएका छन् ।
कमिटीको उपाध्यक्षमा लाल बहादुर विक,भिखु चौधरी,बाधुराम डगौरा थारु निर्वाचित भएका छन् त्यस्तै सचिबमा भेषराज जैशी,सह सचिवमा सुन्दर गौतम र कोषाध्यक्षमा चन्द्रा देवी लुहार निर्वाचित भएका हुन ।
नेकपा माओवादी केन्द्र बर्दगोरिया गाउँ कमिटी अध्यक्षमा निर्वाचित रञ्जित,बर्दगोरिया गाउँपालिका वडा न.६ का निर्वाचित वडा अध्यक्ष हुन । उनी जनताको बिचमा लोक प्रिय छन् ।