Skip to content

प्राकृतिक श्रोत व्यवस्थापन तथा जोखिम रहेका महिलाहरू सँग लम्कीमा छलफल सम्पन्न

पौस ९ /लम्की
कैलालीको लम्कीचुहा नगरपालिकामा प्राकृतिक श्रोत व्यवस्थापनको समस्यालाई सम्बोधन गर्न महिला तथा जोखिममा रहेका सरोकारवाला निकायहरुसंग  मङ्गलवार छलफल कार्यक्रम सम्पन्न भएको छ । USAID को जल जगल परियोजना अन्तर्गत प्राकृतिक श्रोत व्यवस्थापनको समस्यालाई सम्बोधन गर्न महिला तथा जोखिममा रहेका सरोकारवाला निकाय हरूसँगको छलफल तथा अभिमुखिकण कार्यक्रम लम्की स्थित जमुना होटेलमा भएको हो ।

कार्यक्रममा जैविक विविधतासँगको सम्बन्धबारे छोटो प्रस्तुति सँगै प्राकृतिक श्रोतहरूमा महिला, दलित, जोखिममा रहेका तथा सीमान्तकृत वर्गहरूको पहुँच, नियन्त्रण तथा लाभ बाँडफाँड साथै स्थानीय स्तरमा त्यस्ता वर्गहरूमा परेको जलवायु परिवर्तनको प्रभाव, जीविकोपार्जनको अवस्थाका बारेमा समूहगत रूपमा छलफल गरिएको थियो ।
साथै कार्यक्रममा जैविक विविधता तथा प्राकृतिक श्रोतको संरक्षण वातावरणीय अपराधको अवस्था,जलवायु परिवर्तन र वैकल्पिक जीविकोपार्जनमा स्थानीय सरकार सँग महिला तथा सीमान्तकृत समुदायको अपेक्षा र सरकारका कार्यक्रमहरूका बारेमा ४ वटा समूह बनाई छलफल गरिएको थियो ।

कार्यक्रममा लम्कीचुहा नगरपालिका मेयर सुशीला शाही,उप मेयर जुना चौधरी,वडा न।१ का अध्यक्ष नेत्र प्रसाद खनाल सहित ६० जना भन्दा बढी सरोकारवाला समुदायकाको सहभागिता रहेको थियो ।

About The Author