2.2kViews
1602
Shares
मंसिर ९ /काठमाडौं
नेपाली बजारमा सुनको मूल्य तोलामै १ लाख ६७ हजार रुपैयाँ नाघेको छ । यसअघि तोलामा १ लाख ६५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार एक हजार सात सय रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार दुई सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । यसअघि प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९६० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।