Skip to content

आजबाट लम्की महोत्सव सुरु;मुख्यमन्त्रीले उद्धघाटन गर्ने

कृष्ण थापा
मंसिर ६ /लम्की
सुदूरपश्चिम प्रदेशको प्रवेशद्धारमा रहेको लम्कीमा आजबाट लम्की महोत्सव २०८१ सुरु भएको छ । लम्की उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले उद्धघाटन गर्ने कार्यक्रम रहेको लम्की उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष खडानन्द साप्कोटाले संघीय न्यूजलाई जानकारी दिएका छन । कैलाली क्षेत्र न.२ का सम्पुर्ण जनप्रतिनिधीहरु महोत्सवमा सहभागी हुने उपाध्यक्ष साप्कोटाले बताएका छन ।

”सम्मुनत लम्कीचुहाको आधार,कृषि पर्यटन,उद्योग र व्यापार” भन्ने मुल नाराका साथ आज मंसिर ६ गते देखि सुरु हुने लम्की महोत्सव मंसिर १६ गते सम्म लाग्ने छ ।

About The Author