2.5kViews
1624
Shares
मंसिर ४/कैलाली
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । भक्तपुरस्थित आफ्नै घरबाट उनलाई सीआईबीको टोलीले भर्खरै पक्राउ गरेको हो ।
प्रसाईंले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको आरोप लागेको छ । प्रसाईले प्रधानमन्त्री ओलीको कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा ओलीको २१ करोड अमेरिकी डलर (नेपाली साढे ३२ अर्ब रूपैयाँभन्दा बढी) लगानी रहेको भनेर उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । प्रसाईले सार्वजनिक गरेको कागजातमा ओलीको नाम र हस्ताक्षर नक्कली रहेको सीआईबीले जनाएको छ ।
प्रसाईंको फेसबुक पेजबाट हिजो मंसिर ४ गते एक अफवाहजन्य भिडिओ रिपोर्ट सार्वजनिक गरिएको थियो ।