Skip to content

घोडाघोडीमा मोटरसाइकल दुर्घटना ;एक जनाको मृत्यु

कार्तिक १३/लम्की
कैलालीको घोडाघोडीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका वडा न.७ करैचामा से ७ प ९११२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घोडाघोडी नगरपालिका वडा न.११ का २६ वर्षीय सुमन कठरीयाको मृत्यु भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कठरीया दुर्घटनामा परी घटनास्थलमै मंगलवार बिहान मृत अवस्थामा भेटिएका थिए। उनको शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल राखिएको कैलाली प्रहरीले बताएको छ।