3.1kViews
1731
Shares
भदौ ८ /काठमाडौं
नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशमा वैदेशिक हस्तक्षेप बढ्दै भइरहेको बताएका छन्। श्रमिक समुदाय मोर्चा नेपाल केन्द्रीय सचिवालय सदस्यहरुको भर्चुअल बैठकमा बोल्दै धर्म, राजनीति, एनजीओ, अनुदान लगायतको माध्यमबाट अमेरिकी साम्राज्यवादले नेपालमा आफ्नो हस्तक्षेप बढाउँदै लगेको दाबी गरे।
उनले भने अहिले विभिन्न माध्यमबाट देशमा वैदेशिक हस्तक्षेप बढेको छ। ओली सरकारकै पालामा सबै क्षेत्रलाई प्रभावमा पारेर एसपीपी पास गर्ने योजनामा अमेरिकी साम्राज्यवाद लागि परिरहेको छन्। उत्पीडित वर्ग, समुदायमाथि नयाँ नयाँ तरिकाले उत्पीडन भइरहेको हुँदा त्यसकाविरुद्ध सशक्त संघर्षमा जुट्न सबैलाई आग्रह गरे।