4.6kViews
1377
Shares
साउन २१/ लम्की
नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने ४ जना मन्त्रीहरूको नाम टुंग्याएको छ । संसदीय दलको बैठकले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको हो ।
भौतिक पूर्वाधार विकास मन्त्रीमा सुरेन्द्र पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा वीरबहादुर थापा र आन्तरिक मामिला तथा कानून मन्त्रालयमा हीरा सार्कीलाई पठाउने एमालेले जनाएको छ । यी तीनैजना मन्त्री यसअघिको सरकारमा पनि सहभागी भएका थिए । एमालेले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा निर्मला साउदलाई पठाउने भएको छ ।