Skip to content

सुदूरपश्चिममा-मुख्यमन्त्री  शाहको आज ३ बजे शपथ;कांग्रेसले टुङ्ग्यायो ४ मन्त्रीको नाम

साउन २१ /लम्की
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले सरकारमा सहभागी हुनेहरूको नाम टुङ्गो लगाएको छ । मेघराज खडका सामाजिक विकास मन्त्री,बहादुर सिंह थापा आर्थिक मामिला मन्त्री,सरस्वती खडका सामाजिक विकास राज्यमन्त्री र प्रकाश बहादुर बम आर्थिक मामिला राज्य मन्त्री बन्ने भएका छन् ।
 मुख्यमन्त्री कमल बहादुर शाहले आज ३ बजे शपथ ग्रहण गर्दै छन्। त्यस लगत्तै मन्त्रहरूको पनि शपथ ग्रहण गर्ने जनाइएको छ।एमालेले पनि दलको बैठकबाट आजै मन्त्रीहरूको नाम टुङ्गो लगाउँदै छ ।

About The Author