Skip to content

कमल शाह बने सुदूरपश्चिममा दोस्रो पटक मुख्यमन्त्री

साउन २० /लम्की
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता काम बहादुर शाह आइतबारको नियुक्तिसँगै दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।एकीकृत समाजवादीका दीर्घ बहादुर सोडारीले शुक्रवार मुख्यमन्त्रीको पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार आइतबार साँझ ५ बजेसम्मको समय तोकेका थिए। एमालेको समर्थनमा शाहले दाबी पेस गरेका थिए। नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन बनेपछि सुदूरपश्चिम सरकारको नेतृत्व नेपाली कांग्रेसको भागमा परेको थियो।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १८, एमालेका ११ सांसद छन्। शाह यसअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिको गठबन्धन सरकारमा १४ महिना मुख्यमन्त्री भएका थिए। गठबन्धन फेरबदल भएर समर्थक दलहरूले समर्थन फिर्ता लिएपछि २०७९ चैत्र २२ गते उनले पदबाट राजीनामा दिएका थिए। शाह कैलाली क्षेत्र न.२ को प्रदेश सभा १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन ।

About The Author