4.4kViews
1940
Shares
कृष्ण थापा
साउन २० /लम्की
सुदूरपश्चिम प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदै छ । कैलाली क्षेत्र न.२ को प्रदेश सभा १ बाट निर्वाचित नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमल बहादुर शाह आज मुख्यमन्त्री बन्ने भएका छन् । केन्द्रमा फेरबदल भएको सत्ता समीकरण अनुसार सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कांग्रेसले लिने सहमति भएको थियो ।
मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिए पछि सुदूरपश्चिममा नयाँ सरकार गठनका लागी प्रदेश प्रमुख नजिर मियाँले आज साँझ ५ बजे सम्मको समय दिएका थिए । प्रदेश प्रमुखले दिएको समय अनुसार नै सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा लम्कीका कमल बहादुर शाह मुख्यमन्त्री बन्ने भएका हुन ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार गठनका लागि २७ जना सदस्यहरूको आवश्यकता पर्छ । कांग्रेसका १८ र एमालेका ११ जना सदस्यहरू छन् । संघीय न्युजलाई प्राप्त भएको सूचना अनुसार नेपाली कांग्रेस,नेकपा एमाले सहित नागरिक उन्मुक्ति पार्टीको समर्थनमा शाह आज मुख्यमन्त्री बन्ने छन् ।