3.9kViews
1766
Shares
साउन २०/लम्की
सवारी ज्यान मुद्दाका फरार प्रतिवादी जोशिपुरका गुलाब चौधरी पक्राउ परेका छन्।सवारी ज्यान मुद्दामा ५ दिन कैद सजाय र २ हजार जरिबाना तोकिएका तर फरार रहेका कैलालीको जोशीपुर गाउँपालिका–४का ४५ वर्षीय चौधरीलाई शनिवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी बसपार्कबाट पक्राउ गरेको हो।