Skip to content

सुदूरपश्चिममा आइतबारभित्रै नयाँ सरकार गठन गर्नु पर्ने;कांग्रेस आन्तरिक छलफलमा

साउन १७ /कैलाली
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिए पछि नयाँ सरकार गठनको लागि दुई दिनको समय दिइएको छ । प्रदेश प्रमुख नजिर मियाँले यही आइतबार साँझ ५ बजेसम्म नयाँ सरकार गठन गर्न आह्वान गरेका हुन् ।
मुख्यमन्त्री दीर्घ सोडारीले आज राजीनामा दिएसँगै नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको लागि आह्वान गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकाको नेतृत्व नेपाली कांग्रेसले गर्ने छ । नेपाली कांग्रेस अहिले मुख्यमन्त्रीका विषयमा आन्तरिक छलफलमा जुटेको छ ।

About The Author