Skip to content

कर्तव्य ज्यान मुद्दामा फरार लल्लन जागा;२० वर्षपछि परे पक्राउ

साउन १४/लम्की
कर्तव्य ज्यान मुद्दामा फरार रहेका लल्लन जागा पक्राउ परेका छन्।कैलालीको भजनी नगरपालिका वडा न.८ का ४७ वर्षीय लल्लन जागालाई बर्दीयाको मधुबन नगरपालिकाको वडा न.४ ढोडरी बजारबाट प्रहरीले पक्राउ छ ।

लल्लन जागालाई २०६१ जेष्ठ ३० गते कैलाली जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरेको थियो। इलाका प्रहरी कार्यालय राजापुर बर्दीयाको प्रहरी टोली र इलाका प्रहरी कार्यालय भजनीबाट खटीएको प्रहरी टोलीले लल्नलाई पक्राउ गरेको हो।

 

About The Author