5.8kViews
1353
Shares
साउन १० /लम्की
कैलालीको कैलारी गाउँपालिकामा स्थानीय नागरिक र प्रहरीका बिच बिहीबार झडप भएको छ । कैलारी गाउँपालिकाको कार्यालय हसुलियामा स्थानीय र प्रहरीबिच झडप भएको हो । कैलारी गाउँपालिकाको वडा न. ९ मा रहेको कोइलही तालको ठेक्काको विषयमा विवाद हुँदा स्थानीयहरू गाउँपालिकाको कार्यालय घेराउ गर्न हसुलिया पुगेका थिए । स्थानीयहरूले गाउँपालिकाको कार्यालय घेराउ गर्ने क्रममा प्रहरी र स्थानीय नगरिका बिच झडप भएको हो ।