Skip to content

कमल शाहलाई सुदूरपश्चिममा मुख्यमन्त्री बनाउने कांग्रेसको निर्णय

साउन ६ /कैलाली
नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा कमलवहादुर शाहलाई नै मुख्यमन्त्री बनाउने भएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका शाहले केन्द्रमा नेकपा एमाले र माओवादी, रास्वपा लगायतका दलको नयाँ समीकरण बनेपछि गत चैत २२ गते राजिनामा दिएका थिए । यसअघि नेकपा माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्तीको सर्मथनमा १४ महिना सुदूरपश्चिम सरकारको नेतृत्व गरेका शाहले फेरि मुख्यमन्त्रीको जिम्मेवारी पाउने भएका हुन्।

अहिले भएको केन्द्रमा कांग्रेस र एमालेको गठबन्धनपछि नेपाली कांग्रेसले शाहलाई नै फेरि प्रदेशको मुख्यमन्त्री बनाउने तयारी गरिरहेको जनाएको हो। ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११, माओवादीका ११ (सभामुखसहित), नागरिक उन्मुक्तिका सात, नेकपा (एकीकृत समाजवादी)का चार र राप्रपा एक तथा स्वतन्त्र सांसद एक जना छन्। विश्वासको मतका लागि २७ सांसद आवश्यक पर्छ। सरकार बनाउन नेपाली कांग्रेस र एमालेको बहुमत सहजै पुग्छ।

About The Author