Skip to content

नाउपा सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खुसीराम डगौरा थारु र सचेतकमा टीका थापा चयन

असार ३१ /कैलाली
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खुसीराम डगौरा थारु चयन भएका छन् । दलका प्रमुख सचेतक खुसीराम डगौरा थारुको अध्यक्षतामा असार २९ गते बसेको नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका बहुमत सदस्यहरूको बैठकले घनश्याम चौधरीलाई दलको नेताबाट हटाएर खुसीराम डगौरा थारुलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।
दलको प्रमुख सचेतकमा टीका थापालाई चयन गरेको बैठकले दलको उपनेतामा कैलाश चौधरीलाई चयन गरेका छ ।सुदूरपश्चिम प्रदेशमा ७ जना प्रदेश सभा सदस्य रहेको नाउपाको २९ गते बसेको संसदीय दलको बैठकमा पार्टीका संरक्षक रेशम चौधरी पक्षीय मानिने घनश्याम चौधरी,रामेश्वर चौधरी र इन्दिरा गिरी भने अनुपस्थित रहेका थिए ।

About The Author