4.7kViews
1943
Shares
असार २५/ लम्की
कैलालीको लम्कीचुहा नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागी ल्याएको बजेटमा विकास निर्माणका लागी खर्चिनु पर्ने पुँजीगत बजेट भन्दा चालु बजेट बढी ल्याएको छ । पालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागी ल्याएको कुल बजेट १ अर्ब १० करोड ६६ लाख ११ हजारमा चालु तर्फ ७० करोड ३९ लाख १ हजार विनियोजन गरेको छ भने पुँजीगत तर्फ ४० करोड २६ लाख ४० हजार बजेट विनियोजन गरेको छ ।