17.9kViews
1854
Shares
असार २०/ लम्की
१६ वटा संस्थागत विद्यालयहरू रहेको लम्कीचुहा नगरपालिकामा (एसइई)को रिजल्टमा पायनियर्स एकेडेमी लम्की,लम्कीचुहा प्रथम भएको छ । पायनियर्स एकेडेमीका देवेन्द्र धमला र पुष्पराज न्यौपानेले ३.९ (जिपिए) ल्याएका छन्,यो लम्कीचुहाकै सबै भन्दा राम्रो (जिपिए) हो ।
लम्कीचुहा नगरपालिका शिक्षा शाखा प्रमुख गौरिकान्त न्यौपानेका अनुसार “पायनियर्स एकेडेमी लम्कीबाट एसइई परीक्षामा सहभागी भएका ६६ जना मध्य ६१ जना विद्यार्थीहरू पास भएका छन् ।”
त्यसै गरी धेरै विद्यार्थी पास हुने विद्यालयमा कैलाली नेश्नल मोतिपुर रहेको छ,कैलाली नेश्नलबाट परीक्षा दिएका ११ जना मध्य १० जना विद्यार्थी पास भएका छन् । सफल सुदूरपश्चिम एकेडेमी लम्कीबाट ८ जनामा ६ जना विद्यार्थी पास भएका छन् ,उज्यालो शिक्षा सदन लम्कीबाट ६६ जनामा ५७ जना विद्यार्थी पास भएका छन्,आदर्श नमुना मा.बि.लम्कीबाट २२ जनामा ४ जना विद्यार्थी पास भएका छन्,ब्राइट फ्युचर एकेडेमी लम्कीबाट १७ जनामा १३ जना विद्यार्थी पास भएका छन्,पानस दिप एकेडेमी लम्कीबाट ३२ जनामा २९ जना विद्यार्थी पास भएका छन्,नाता एकेडेमी लम्कीबाट ३६ जनामा २८ जना विद्यार्थी पास भएका छन्,मोडेल लाइफ भिजनबाट ४ जनामा ३ जना विद्यार्थी पास भएका छन्,कैलाली पब्लिक स्कुल गणेशपुरबाट १८ जनामा १६ जना विद्यार्थी पास भएका छन् ।
मोतीपुरमा रहेको कैलाली गुरुकुलबाट ३३ जनामा २३ जना विद्यार्थी पास भएका छन्,स्वयम्भूनाथ मा.बि.बघौराबाट ४ जनामा २ जना विद्यार्थी पास भएका छन्,ग्लोबल एकेडेमी भल्काबाट ४८ जनामा ३८ जना विद्यार्थी पास भएका छन्,एडभान्स एकेडेमी मोतिपुरबाट २८ जनामा २४ जना विद्यार्थी पास भएका छन्,क्यामब्रिज इ.बो.स्कुल बलियाबाट ३९ जनामा ३४ जना विद्यार्थी पास भएका छन् भने बलिया कमन स्कुल बलियाबाट एसइई परीक्षामा सहभागी भएका ७ जनामा ६ जना विद्यार्थी पास भएका छन् ।
२०८० सालमा भएको एसइई परीक्षामा लम्कीचुहा नगरपालिकाबाट संस्थागत विद्यालयका ४३९ जना विद्यार्थीहरूले परीक्षा दिएका थिए,जस मध्य ३५४ जना विद्यार्थीहरू पास भएका छन् भने ७६ जना विद्यार्थीहरू फेल भएको लम्कीचुहा नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।