Skip to content

नाउपा संसदीय दलको नेता बने गङ्गाराम चौधरी;रञ्जिता श्रेष्ठलाई हटाइयो दलको नेताबाट 

असार १७ /कैलाली
नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा गङ्गाराम चौधरी डगौरा चयन भएका छन् । असार १६ गते बसेको नाउपा संसदीय दलको बैठकले पार्टी अध्यक्ष एवम् संसदीय दलको नेता रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाउँदै गङ्गाराम चौधरी डगौरालाई संसदीय दलको नेतामा चयन गरेको छ । यस अघि दलको प्रमुख सचेतक रहेका गङ्गाराम चौधरी डगौराको स्थानमा लालवीर चौधरीलाई प्रमुख सचेतकको पदमा राख्ने निर्णय सर्वसम्मतिबाट पारित गरिएको विज्ञप्तिमा उल्लेख छ । दलको नेता चयनसम्बन्धी पत्र आज संसद सचिवालयमा दर्ता गर्ने दलका नेता गङ्गाराम चौधरीले  संघीय न्युजलाई जानकारी दिएका छन् ।

संसदीय दलको बैठकमा गङ्गा चौधरी, अरुण चौधरी र लालवीर चौधरीको उपस्थिति रहेको थियो । नाउपा संसदीय दलको बैठकमा रञ्जिता श्रेष्ठ भने उपस्थित भएकी थिइनन् ।

sanghiyanews