Skip to content

कैलालीको जानकी गाउँपालिकामा १२ किलोमिटर सडक कालोपत्रे

असार १६ /लम्की
कैलालीको पूर्वी क्षेत्रमा पर्ने जानकी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा १२ किलोमिटर सडक कालोपत्रे गरेको छ । जानकी गाउँपालिकामा गणेश चौधरी निर्वाचित भएको दोस्रो वर्षमा १२ किलोमिटर सडक कालोपत्रे गरिएको हो । पालिकाको वडा न.२,४,५,७ र ८ मा गरी १२ किलोमिटर सडक कालोपत्रे निर्माण भएको छ । अध्यक्षमा गणेश चौधरी निर्वाचित भए पश्चात् पालिका भित्रका विभिन्न सडकहरूको स्तर उन्नति समेत गरिएको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा जानकी गाउँपालिकामा ५ किलोमिटर ग्राभेल सडक निर्माण गरिएको छ भने पालिकाको वडा न.३ र ६ मा थप ५ किलोमिटर सडक कालोपत्रे भइरहेको जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले बताउनु भएको छ । कम बजेटले धेरै काम गर्ने पालिकाको लक्ष रहेको र सोही अनुरूप काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले बताउनु भएको छ ।

About The Author