Skip to content

टीकापुरमा प्रहरी चौकी इन्चार्ज प्रहरी नियन्त्रणमा

असार १६/ लम्की
कैलालीको टीकापुरमा प्रहरी चौकी इन्चार्ज प्रहरी नियन्त्रणमा परेका छन्। टीकापुर नगरपालिका वडा नम्बर ९ खैरिपुर स्थित प्रहरी बिटमा मापसे सेवन गरिसार्वजनिक स्थलमा अपशब्द प्रयोग गर्दै गालिगलौच गरिरहेका प्रहरी चौकी सत्तीका ईन्चार्ज प्रहरी नायब निरिक्षक असोक खड्कालाई शनिबार साँझ ईलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको हो।

सार्वजनिक स्थलमा जथाभावि हो–हल्ला गरेर नागरिकलाई धम्काउन थालेपछि उनलाइ प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक(डिएसपी) कविन्द्र सिंह बोहाराले संघीय न्युजलाई जानकारी दिएका छन ।

About The Author