Skip to content

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध; यात्रु अलपत्र

असार १४ /सुर्खेत
गएरातिको भारी वर्षाले पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । पहिरोले दैलेख र कालिकोटको सीमानामा पर्ने
दहीखोला र कालिखोलाको बीचमा संगै दैलेख खण्डकै पादुका र साँगेतडाको बीचमा ५ ठाउँमा सडक अवरुद्ध भएको दैलेख प्रहरी प्रमुख डीएसपी सुनिल न्यौपानेले जानकारी दिएका छन ।

शुक्रबार बिहान ६ बजेबाट राजमार्ग अवरुद्ध हुँदा सुर्खेतबाट जुम्ला र कालिकोटका लागि हिँडेका यात्रुहरू अलपत्र परेका छन् ।दैलेख खण्डमा जनपद र सशस्त्र प्रहरी बाटो खुलाउन खटिएको दैलेख प्रहरीले छ ।