3.4kViews
1167
Shares
असार १२ /लम्की
कैलालीका विभिन्न पालिकाहरूमा कार्यरत स्वास्थ्यका कर्मचारीहरूले ९ महिना देखि तलब खान पाएका छैनन् । पालिकामा दरबन्दी भन्दा बढी भएका स्वास्थ्यका कर्मचारीहरूले ९ महिनादेखि तलब नपाएका हुन् । कैलालीको जानकी गाउँपालिका,टीकापुर नगरपालिका,जोशिपुर गाउँपालिका,गोदावरी नगरपालिका लगायतका पालिकाहरूमा कार्यरत स्वास्थ्यका कर्मचारीहरूले आर्थिक वर्षको अन्त्य तिर आइपुग्दा पनि तलब खान नपाएर समस्यामा परेका छन् ।
स्थानीय तहको दोहोरो सहमतिमा स्वास्थ्य मन्त्रालयले दरबन्दीबिना कर्मचारी सरुवा गर्दा समस्या भएको हो । जनप्रतिनिधिले पहुँचका आधारमा आफ्ना मान्छेलाई घर पायक पार्न खोजेकै कारण स्वास्थ्यका कर्मचारीहरू समस्यामा परेका छन् । कर्मचारी सरुवा गर्दा कर्मचारीको सबै सेवा सुविधा व्यहोर्ने सम्झौता अनुसार कर्मचारी दरबन्दी छाडेर आएका हुन्छन् । दरबन्दी भएको पालिकामा तलब गइरहेको छ तर कर्मचारी नहुँदा त्यहाँ गएको रकम खर्च भइरहेको छैन । जहाँ कर्मचारी समायोजन भएर आएका छन्, त्यहाँ कर्मचारीहरूलाई तलब खाने पैसा पुग्दैन्न ।
जानकी गाउँपालिका,टीकापुर नगरपालिका,जोशिपुर गाउँपालिका,गोदावरी नगरपालिका जस्तै कैलालीका प्रायः सबै स्थानीय तहमा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीमा यो समस्या देखिएको छ । १,२ महिना सम्मको तलब अपुग भएका सबै पालिका छन् । देशभर स्थानीय सरकारको रोहबरमा समायोजन भएका करिब सात हजार कर्मचारी समस्यामा परेका छन् भने केही पालिकाले आफ्नो स्रोतबाट अपुग तलब भत्ता व्यवस्थापन गरेको पाइएको छ । चालु आर्थिक वर्षमा भजनी नगरपालिकाले आफ्नो स्रोतबाट तलब खुवाएको थियो ।