3.0kViews
1756
Shares
कृष्ण थापा
असार ११/ लम्की
१३ वटा स्थानीय तह रहेको कैलालीमा १२ वटा स्थानीय तहले आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट ल्याएका छन् । असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार कैलालीका १२ स्थानीय वटा तहले बजेट ल्याएका हुन ।
एउटा उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिका रहेको कैलालीमा १२ वटा स्थानीय तहले साढे १० अर्ब बराबरको बजेट सार्वजनिक गरेका छन्। कैलालीमा आगामी आर्थिक वर्षका लागि सबभन्दा धेरै धनगढी उपमहानगरपालिकाले बजेट ल्याएको छ। २ अर्ब १८ करोड ८२ लाख बराबरको बजेट धनगढी उपमहानगरपालिकाले ल्याएको छ । गोदावरी नगरपालिकाले १ अर्ब २२ करोड ३३ लाख ६५ हजार बजेट सार्वजनिक गरेको छ। घोडाघोडी नगरपालिकाले ९७ करोड ४४ लाख ८७ हजार, गौरीगंगा नगरपालिकाले ९५ करोड ४५ लाख, टीकापुर नगरपालिकाले ८५ करोड ४४ लाख र भजनी नगरपालिकाले ६८ करोड ९७ लाख ६० हजारको बजेट ल्याएको छ।
जानकी गाउँपालिकाले ६८ करोड ५६ लाख,बर्दगोरिया गाउँपालिकाले ८० करोड १ लाख, कैलारी गाउँपालिकाले ७७ करोड २१ लाख, जोशीपुर गाउँपालिकाले ५५ करोड ३ लाख, मोहन्याल गाउँपालिकाले ५३ करोड ८८ लाख र चुरे गाउँपालिकाले ४८ करोड ६४ लाख बजेट ल्याएको छ। लम्कीचुहा नगरपालिकाले भने असार २५ गते बजेट ल्याउने भएको छ ।