Skip to content

गिरिजा प्रसाद कोइराला फाउन्डेसन कैलालीको  संयोजकमा ढकाल मनोनीत

असार ८ /लम्की
गिरिजा प्रसाद कोइराला फाउन्डेसन कैलालीको जिल्ला संयोजकमा कमल प्रसाद ढकाल मनोनीत भएका छन् । फाउन्डेसनका अध्यक्ष सुजाता कोइरालाले ढकाललाई कैलाली जिल्लाको संयोजकमा मनोनीत गरेकी हुन ।
गिरिजा प्रसाद कोइराला फाउन्डेसनको असार १ गते बसेको बैठकको निर्णय बमोजिम फाउन्डेसनको कैलाली जिल्ला संयोजक पदमा २ वर्षको लागि ढकाललाई मनोनीत गरिएको छ। फाउन्डेसनका विभिन्न जिल्ला स्तरीय योजना तथा कार्यक्रमहरू केन्द्रीय समिति सँग आवश्यक समन्वय तथा सहकार्य गरी अगाडि बढाउन ढकालले पहल गर्ने अपेक्षा अध्यक्ष सुजाता कोइरालाले लिइएकी छन् ।

About The Author