असार ४ /लम्की
सुदूरपश्चिम प्रदेशका ५३ वटा स्थानीय तहहरूमा प्रमुख प्रशासकीय अधिकृत (हाकिम) छैनन् । यी पालिकाहरू निमित्तको भरमा चलिरहेका छन्। कुनै पालिकाका प्रमुखले आफूले भने अनुरूप काम गर्न सहज होस भनी हाकिम ल्याएका छैनन् भने कुनै पालिकामा सामान्य प्रशासन मन्त्रालयले हाकिम खटाएको छैन । सुदूरपश्चिममा हाकिम रिक्त रहेका नगरपालिकाहरूमा
लम्कीचुहा नगरपालिका,बुंगल नगरपालिका, बडिमालिका नगरपालिका, बुढीनन्दा नगरपालिका, बुढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका, मंगलसेन नगरपालिका, कमलबजार नगरपालिका, साँफेबगर नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका, दिपायल–सिलगढी, शिखर, टीकापुर, शैल्यशिखर, महाकाली, दशरथचन्द, सेलौली, पाटन, पुर्चौडी, अमरगढी, परशुराम, बेलौरी नगरपालिका, वेदकोट नगरपालिका, पुनर्वास नगरपालिका र दोधारा–चाँदनी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी रिक्त देखिएको छ।
हाकिम रिक्त रहेका गाउँपालिकाहरुमा गौमूल गाउँपालिका, स्वामीकार्तिक गाउँपालिका, हिमाली गाउँपालिका, गजन्नाथ गाउँपालिका, चौरपाटी गाउँपालिका, मेल्लेख गाउँपालिका, रामारोशन गाउँपालिका, बान्निगढी जयगढ गाउँपालिका, ढकारी गाउँपालिका, तुर्माखाँद गाउँपालिका, सायल गाउँपालिका, बोगटान फुङ्सिल गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, मष्टा गाउँपालिका, बित्थरचिर गाउँपालिका, साइपाल गाउँपालिका, छबिसपाथिभेरा गाउँपालिका, तलकोट गाउँपालिका, दुर्गाथली गाउँपालिका, सुर्मा गाउँपालिका, अपि हिमाल गाउँपालिका, दुहुँ गाउँपालिका, मार्मा गाउँपालिका, ब्याँस गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, डिलासैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविहिन छन्।