Skip to content

टीकापुर नगरपालिकाका जनप्रतिनिधीले १ वर्षमा भ्रमणमा सकाए ३४ लाख रुपैयाँ

जेठ ३० /लम्की
कैलालीको टीकापुर नगरपालिकाका जनप्रतिनिधीहरुले भ्रमणका नाममा ३४ लाख रुपौया खर्च गरेका छन् । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको टीकापुर नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षणको प्रतिवेदनमा टीकापुर नगरपालिकाका जनप्रतिनिधीहरुले भ्रमणमा ३४ लाख ११ हजार २७ रुपैयाँ खर्च गरेको उल्लेख गरेको छ ।
सुदूरपश्चिम प्रदेश अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धी ऐन २०७५ तथा भ्रमण खर्च नियमावली २०६४ बमोजिम टीकापुर नगरपालिकाका पदाधिकारी तथा कर्मचारीहरूले भ्रमण खर्च तथा अनुगमन खर्च बापत ३४ लाख ११ हजार २७ रुपैयाँ खर्च गरेका हुन । पदाधिकारी तथा कर्मचारीहरूको अधिकांश भ्रमणको उद्देश्य र प्रयोजन कार्यालयकै कामका लागी भएको हो भन्ने आधार पुष्टि हुन सकेको छैन । भ्रमण पश्चात् तोकिएको ढाँचामा प्रतिवेदन पेस नगरी भ्रमणको खर्च भुक्तानी गरिएको छ ।

About The Author