6.2kViews
1226
Shares
जेठ २९/ लम्की
कैलालीको लम्कीचुहा नगरपालिकामा बेरुजूको मात्रा बढ्दो क्रममा छ । हाल सम्म पालिकाको बेरुजू ४७ करोड ६ लाख ४१ हजार रहेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको लम्कीचुहा नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक लेखा परीक्षणको प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०७९/०८०मा मात्रै लम्कीचुहा नगरपालिकामा ४ करोड १० हजार बेरुजू देखिएको छ ।
महालेखा परीक्षणको प्रतिवेदनमा उल्लेख छ “लम्कीचुहा नगरपालिकाको लेखा परीक्षण गर्दा ४ करोड १० हजार बेरुजू देखिएको छ । लम्कीचुहा नगरपालिकाले यस वर्षको बाँकी बेरुजू असुल गर्नु पर्ने रु २ करोड ४ लाख ९६ हजार,प्रमाण कागज पेस गर्नु पर्ने १ करोड ३ लाख ९८ हजार,नियमित गर्नु पर्ने ७० लाख ४१ हजार र पेश्की बाँकी २० लाख ७५ हजार गरी जम्मा ४ करोड १० हजार बेरुजू रहेको छ ।”
लम्कीचुहा नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ सम्मको बेरुजू ४३ करोड ७ लाख ६६ हजार बाँकी रहेकामा यस वर्ष १ लाख ३५ हजार परीक्षण भई हाल सम्मको लम्कीचुहा नगरपालिकाको बेरुजू ४७ करोड ६ लाख ४१ हजार रहेको छ ।