19.9kViews
1342
Shares
जेठ २९ /लम्की
कैलालीको पूर्वी क्षेत्रमा पर्ने जानकी गाउँपालिकाले एक वर्षमा खाजा र खानामा मात्रै झन्डै ५४ लाख खर्च गरेको पाइएको छ । पालिकाले आर्थिक वर्ष २०७९/०८० मा खाजा र खानामा गरी ५३ लाख ८५ हजार ७२० रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख भएको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको जानकी गाउँपालिकाको वार्षिक लेखा परीक्षणको प्रतिवेदन अनुसार पालिकाले खाजा र खानामा नै झन्डै ५४ लाख खर्च गरेको छ ।