Skip to content

कैलालीमा आज अत्याधिक गर्मी ४२ डिग्री सेल्सियस पुग्यो तापक्रम

जेठ १६/ लम्की
कैलालीमा आजअत्यधिक गर्मी बढेको छ। कैलालीकोे तापक्रम मङ्गलवार आज ४२ डिग्री सेल्सियस मापन गरिएको हो। न्यूनतम तापक्रम २९ दशमलव ५ डिग्री मापन गरिएको छ। जेठ ५ गते कैलालीको तापक्रम ४२ दशमलव १ डिग्री पुगेको थियो। गत जेठ ५ गतेको न्यूनतम तापक्रम २७ डिग्री मापन गरिएको छ। गत शनिवार कैलालीको तापक्रम ४१ डिग्री मापन गरिएको छ। शनिवार कैलालीको न्यूनतम तापक्रम २७ दशमलव ४ डिग्री मापन गरिएको थियो।

पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मी बढेको हो। तीन दिनसम्म अझै गर्मी हुने अनुमान गरिएको छ। तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि असर हुनसक्ने देखिएकाले सोबाट बच्न महाशाखाले अनुरोध गरेको छ।

तातो हावा तथा तातो लहरबाट बच्न गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्वत) आदि प्रशस्त मात्रामा पिउन हावा पानी फिल्ड कार्यालय, अत्तरियाले आग्रह गरेको छ।

About The Author