Skip to content

गृहमन्त्रीको घोषणा महिनावारीको बेला महिला ट्राफिक प्रहरीलाई चार दिन छुट्टी

जेठ १५/ कैलाली
गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको समयमा महिला ट्राफिक प्रहरीहरूले ड्युटी गर्न नपर्ने व्यवस्था मिलाइएको जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा गणतन्त्रको शुभकामना दिँदै गृहमन्त्री लामिछानेले लेखेका छन् ”गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयास-अब देखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलङ्घन गर्नेहरूले स्वयम् सेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ। त्यसको साटो मापसे गरी ट्राफिक नियम उल्लङ्घन गर्नेहरूले स्वयंसेवकको रूपमा सडकमा सघाउने छन्” ।

 

https://www.facebook.com/share/p/DQ9aYXkHDcHABpCU/

About The Author