4.3kViews
1518
Shares
वैशाख ३१/लम्की
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले जेठ ३ गते विश्वासको मत लिने तयारी गरेका छन्। प्रदेश सभाबाट विश्वासको मत लिने तयारी मुख्यमन्त्री सोडारीले गरेका हुन्। एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका उपनेता प्रकाश रावलले विश्वासको मत लिनेबारे केन्द्रबाट निर्देशन आएको बताए। जेठ ३ गते मुख्यमन्त्रीले विश्वासको मत लिने सहमति केन्द्रमा भएको उनले बताए।
मुख्यमन्त्री सोडारीले वैशाख २० गते विश्वासको मत लिन खोजेका थिए। तर एमालेले मत दिन तयार नभएपछि विश्वासको मतको प्रयोजनका लागि बोलाइएको प्रदेश सभा बैठक २१ गते सारिएको थियो।