Skip to content

लम्कीचुहा नगरपालिकामा मेलमिलाप सम्बन्धी पूनर्ताजगी तालिम सुरु

वैशाख १० /लम्की
कैलालीको लम्कीचुहा नगरपालिकामा मेलमिलाप सम्बन्धी पूनर्ताजगी तालिम सुरु भएको छ । लम्कीचुहा नगरपालिकाको सहयोगमा तथा प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालको आयोजनामा सोमवारबाट लम्कीमा मेलमिलाप सम्बन्धी पूनर्ताजगी तालिम सुरु भएको हो ।
लम्कीचुहा नगरपालिका उप प्रमुख जुना चौधरीले तालिम निकै उपलब्धिमूलक हुनेमा आफू विश्वस्त रहेको बताएकी छन् । लम्कीचुहा नगरपालिका वडा न.१ देखि वडा न.१० सम्मका ४६ जना मेलमिलाप कर्ताहरू तालिममा सहभागी भएका छन् । कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा न.१ का अध्यक्ष नेत्र प्रसाद खनाल र वडा न.५ का अध्यक्ष माया विष्टले समेत तालिमले समाजमा हुने झैझगडा मिलाउन सहयोग पुग्ने धारणा राखेका थिए ।
प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण नेपालका पश्चिम क्षेत्रीय संयोजक बल्लु चौधरी र जङ्गबहादुर चौधरीले तालिम दिने छन् । तालिम वैशाख १० गते देखि १३ गते सम्म सञ्चालन हुने छ ।

About The Author