Skip to content

लम्कीचुहामा आगलागी;एक घर जलेर नष्ट

कृष्ण थापा
चैत २५ /लम्की

कैलालीको लम्कीचुहा नगरपालिका वडा न.३ को व्यवस्थितनगरमा आगलागी भएको छ । व्यवस्थितनगरमा केशर वि.क.को घरमा आगलागी भएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । आगलागीबाट घर जलेर नष्ट भएको छ भने घरमा भएको खाद्यान्न,२ वटा साइकल,एउटा डलब र केही दारका कडीहरू जलेको प्रहरीले जनाएको छ ।

बिहान साढे ९ बजेतिर आगो लागेको थियो भने,टीकापुर नगरपालिकाको दमकल आगलागी भएको एक घण्टा पछि पुगेको स्थानीयले बताएका छन् । आगलागी भएको ठाउँमा दमकल पुग्नु भन्दा पहिलिनै स्थानीयको पहलमा आगो नियन्त्रणमा लिएको स्थानीयले संघीय न्युजलाई जानकारी दिएका छन् ।

लम्कीचुहा नगरपालिकाको दमकल बिग्रेकोले टीकापुर नगरपालिकाको दमकल मगाउनु परेको लम्कीचुहा नगरपालिका मेयर शुसिला शाहीले बताएकी छन् ।

About The Author