3.6kViews
1665
Shares
कृष्ण थापा
चैत २८/ लम्की
राष्ट्रियसभाले आजबाट नयाँ उपाध्यक्ष पाउँदैछ । दिउँसो सवा १ बजे बस्ने बैठकमा उपाध्यक्षको निर्वाचनसम्बन्धी कार्यसूची रहेको छ । राष्ट्रियसभा उपाध्यक्षका लागि एमालेबाट विमला घिमिरे र कांग्रेसबाट विष्णुदेवी पुडासैनी मैदानमा छन् ।
एमालेको तर्फबाट उम्मेदवारी दिएकी घिमिरेलाई सत्ता गठबन्धनको पनि साथ भएकाले जित निश्चित छ ।
गठबन्धनमा आवद्ध माधव नेपाल नेतृत्वको नेकपा एसले पनि उपाध्यक्ष दाबी गरेपछि आफ्नो भागमा नपर्ने भएपछि उम्मेदवारी दिएको छैन ।
राष्ट्रियसभामा गठबन्धनमा वामदे गौतमसहित, माओवादी केन्द्रका १७, नेकपा एमालेका ९, नेकपा एसका ८ र जसपाका ४ सांसद छन् । ५८ जना सदस्य कायम रहेको राष्ट्रियसभा उपाध्यक्ष जित्नका लागि ३० जना सांसद चाहिन्छ ।
उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त उपाध्यक्ष पदमा निर्वाचन गर्न लागिएको हो ।