19.8kViews
1832
Shares
चैत २१ /लम्की
कैलालीको जानकी गाउँपालिका वडा न. ५ पथरैयामा सडक दुर्घटनामा ज्यान गुमाउने पुरुषको पहिचान खुलेको छ । सडक दुर्घटनामा ज्यान गुमाउने पुरुष मोहन्याल गाउँपालिका वडा न.६ सोल्टाका महेन्द्र बि.क. भएको आफन्तले जनाएका छन् । महेन्द्र बि.क कालिका माद्यामिक विद्यालय अजिंगारेका शिक्षक समेत हुन ।जानकी गाउँपालिका वडा न.५ को पथरैयामा महेन्द्रको सवारी साधनको ठक्करबाट मृत्यु भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
ईलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी निरीक्षक लोकराज अवस्थीको नेतृत्वमा आएको टोलीले घटना स्थलबाट शव टीकापुर अस्पताल लिएको थियो । आफन्तहरू टीकापुर पुग्ने क्रम जारी छ ।
बिहान साढे ५ बजेतिर वाकिङ्गमा गएका स्थानीयहरूले शव देखे पछि प्रहरीलाई खबर गरेका थिए । घटनाको बरेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लोकराज अवस्थीले संघीय न्युजलाई जानकारी दिएका छन् ।