3.0kViews
1388
Shares
कृष्ण थापा
चैत १८ /लम्की
सुदूरपश्चिममा आज सोमबार सार्वजनिक बिदा परेको छ। सुदूरपश्चिमका रानाथारु समुदायको मुख्य पर्व खखडेहराको अवसरमा आज सार्वजनिक बिदा दिइएको हो। चैत १९ गते खखडेहरा पर्वको सूदुरपश्चिममा बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय जनाएको छ
रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा मनाइने चलन छ। एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन्।