5.5kViews
1163
Shares
कृष्ण थापा
चैत १४/ लम्की
कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका लम्कीचुहा ३ चिसापानीका लोकेन्द्र शाही अझै भेटिएका छैन्न । हाम फालेर बेपत्ता भएका लोकेन्द्रको खोजिका लागी सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन भएको छ ।
सोमबार कर्णाली पुलमाथिबाट हाम फालेका १७ जनामध्ये ३० वर्षीय लोकेन्द्र शाही अहिलेसम्म वेपत्ता छन् । ७ न.वैद्यनाथ बाहिनी अत्तरिया कैलालीबाट सशस्त्र प्रहरी निरीक्षक (सई) को कमाण्डमा आएका ७ जनाको गोताखोर टोलीले मंगलवार दिनभर कर्णाली नदीमा खोजिकार्य गरेको भएता पनी बेपत्ता भएका लोकेन्द्र अझै नभेटिएको ईलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । उनको खोजिकार्य जारी रहेको प्रहरीले बताएको छ ।