3.9kViews
1161
Shares
कृष्ण थापा
चैत ९ /लम्की
चैत ९ /लम्की
सिपी परियारको तिम्रो मायामा फिट भए म गीतको भिडियो सार्वजनिक गरिएको छ । परियारकै शब्द र सङ्गीत रहेको उक्त
भिडियोमा बिर बोहरा र गङ्गा साउँदको अभिनय रहेको छ । कैलाली जिल्लामा पर्ने ऐतिहासिक गर्भा दरबार को मनोरम दृष्यमा छाँयकंन गरिएको यो गीतको निर्देशन अनमोल वि सीले गरेका हुन भने दृष्य सम्पादन प्रकाश विश्वकर्माले गरेका हुन र सह निर्देशनमा पारस वि सीले साथ दिएका हुन ।
नेपालको राणाकालीन दरबार गर्भा दरबार मा छाँयकंन गरिएको यो भिडियोलाई दर्शकले मन मनपराउने कुरामा गायक परियार ढुक्क छन् ।माया प्रेमको भाव देखिने यो गीतको शब्द र लय सिर्जना गायक स्वयंम सिपी परियारले गरेका छन् । परियारको यसअघि धान है काट्ने हँसिया ,बैरी भयो मन ,इलिगल माया, सुवा लगायतका गीत सार्वजनिक भइसकेका छन् ।